नियम १४
कम्पनीको दर्ता खारेजी
(१) कम्पनीको खारेजीको काम कारबाही सम्पन्न भएपछि ऐनको दफा ४७ अनुसार त्यस्तो कम्पनीको दर्ता खारेजीको लागि लिक्विडेटरले त्यस्तो
काम कारवाही सम्पन्न भएको मितिले सात दिनभित्र सोको आवश्यक विवरण कम्पनी रजिष्ट्रारको कार्यालयमा पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम विवरण प्राप्त भएपछि कम्पनी रजिष्ट्रारको कार्यालयले त्यस्तो कम्पनी खारेजी भएको व्यहोरा अभिलेख गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम विवरण अभिलेख गरिए पछि त्यस्तो कम्पनीको दर्ता खारेज भई स्वतः विघटन भएको मानिनेछ ।
(४) कम्पनी रजिष्ट्रारको कार्यालयले उपनियम (३) बमोजिम कम्पनीको दर्ता खारेजी गरे पछि कम्पनी विघटन भएको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा कम्तीमा दुई पटक प्रकाशन गर्नु पर्नेछ ।